Thursday 25 September 2008

एकतिन खुँगा सडक उधघाटन समारोह

मिति २०६२ साल असार २६ 4th july 2005 को दिन एकतिन खुँगा बासी जनताको लागी खुशिको दिन थियो नेपालको मेची अन्चल पाँचथर जिल्लाको एकतिन खुँगा गा.बि. स.मा पहिलो चोटि मोटर पुगेको थियो। यस्तो दुर्गम क्षेत्रमा पहिलो चोटि मोटर गडेको देखेर गाउ बासीहरू खुशि हुन स्वाभाविक थियो ।एकतिन खुँगा बासि जनताको आफनै मेहनत पसिना बगाएर यो सडक खनिएको थियो भने । श्री खगेन्द्र जबेगुको बिषेश योगदान अनि हुकुडेक कम्पनी र कम्पनीका इन्जिनियरहरूको सहयोगले यो सडक खनिएको थियो।उधघाटनको समारोमा बिभिन्न राजनिति पार्टिका बुद्धिु जिबि लगायल बिभिन्न संगठनकाहरूको महानुभाब अनि आम गाउले बासीको उपस्थिति थियो।उधघाटनको क्रममा खुँगा गा.बि.स.मै जन्मनु भएका भु.पु. मन्त्री श्री मान बहादुर जबेगु र पदम प्रसाद जबेगुले संयु्त्त रूपमै रिबिन काटि पहिलो चोटि संयत्त उधघाटन गर्नु भएको थियो।भने बिर्धाथी भाइ बहिनीहरूले रमाइलो नृत्य प्रस्तुत गरेर उधाटनलाइ स्वागत गरेको थियो।नौ मति पन्चे बाजा अनि लिम्बुहरूको परमपरागत बाजा च्याब्रङ बजाएर उधघाटन गरिएको थियो।

बिरेस जबेगु हाल जर्मनी