किन गए प्रचण्ड मलेसिया ?


माओवादी अध्यक्ष प्रचण्ड एकाएक किन मलेसिया भ्रमणमा गए भन्ने कुरो अहिलेसम्म कसैले पत्ता लगाउन सकेका छैनन्। नेपाली मिडियाको त कुरै छाडौँ, भारतीय मिडियाले समेत यसबारे केही तथ्य खोतल्न सकेका छैनन्। भन्नलाई त उनले एसिया प्यासिफिक एक्सचेन्ज एन्ड कोअपरेसनको सम्मेलनमा भाग लिन जान लागेको बताएका थिए, तर यो कस्तो खालको संस्था हो कुन्नि ? बरु फर्जी डाक्टर गोपाल पौडेलको इन्टरनेटमा साइट छ, यो संस्थाको त एउटा साइट नि रहेन छ। नेपाली दूतावासले आइतबार गरेको स्वागत कार्यक्रममा दाहालले सम्मेलनमा हैन बैठकमा सहभागी हुन आएको बताएछन्। योभन्दा बढी तपाईँहरुलाई किन चाहियो भनेर समेत भने रे प्रचण्डले। संस्थाको सहअध्यक्ष आफै बताउने प्रचण्डले अध्यक्ष को भनेर चाहिँ बताउन सकेनछन्। यसबाट पनि थाहा हुन्छ, सम्मेलन र बैठकको कुरा नाटक हो, भित्री कुरा अर्कै छ। तर के होला भित्री कुरा ?


प्रचण्ड आफैले तपाईँहरुलाई किन चाहियो भनेर भनेपछि अरुले गर्ने भनेको अनुमान मात्रै हो।
अनुमान दुई किसिमका छन्-
१) पारसलाई भेट्न गएको
पूर्वराजा ज्ञानेन्द्रसितको भेटघाट मिलाउन र राष्ट्रियताको नाममा राजावादीसँग गठबन्धन गर्न पारसलाई भेट्न प्रचण्ड सुरक्षित ठाउँको खोजीमा मलेसिया गएका हुन्। प्रचण्ड त्यता गएकै दिन पारस पनि दिउँसो सिंगापुर उडेका थिए। सिंगापुरबाट मलेसिया सजिलै पुगिन्छ।
२) चिनियाँ भेट्न गएको
महरा टेलिफोन प्रकरणमा भनिए जस्तै कुनै चिनियाँलाई भेट्न गएको। किन भेट्न गएको त्यो चाहिँ कसरी थाहा हुनु ? माओवादीलाई सोध्न गए ‘किन चाहियो?’ भन्लान्।
सिंगापुरको अस्पतालमा उतिबेला गिरिजालाई भेट्दा के के कुरा भए भन्ने संवाद नै मिडियामा छ्यापछ्याप्ती भएको थियो। नेपाल मै मोबाइलमा भएको भनिएको महराको कुराकानी पनि त्यसरी नै बाहिर आएको थियो। अब हेरौँ, कुन चाहिँ गुप्तचर एजेन्सीले यो विषयमा खुलासा गर्ने हो।
बरु भारतीय मिडिया चुप रहेको देखेपछि कुनै भारतीयलाई नै भेट्न गएको अनुमान पनि लगाउन सकिन्छ नि, कि कसो ? आखिर अनुमान लगाउने त हो हाम्रो काम। भन्नेले सही कुरा नभनिदिएपछि, कि कसो ?

Related posts:
  1. मन्त्री चौधरी अमेरिका गए, किन? था’ छैन
  2. प्रचण्ड किन गएछन् रिसोर्टमा
  3. "भूलेर पनि मलेसिया नआउनू! "
  4. राजाले टेरेनन्, कुमारीको टीका लगाउन गए
  5. शितहरु मै बिलाइ गए रुबि मुखिया

58 comments to किन गए प्रचण्ड मलेसिया ?

  • sanu jange
    साथी हरु को कमेन्ट पढेर खुब हासो लग्यो , कुनै जोक जस्तै … बन्दुके साथीहरु ले पनि हदै गर्छन यार , यो परचंडे तिनीहरु कै बिर्ता होइच कि क्या हो भन्या ? परचंडे ले गुहु खायो भने पनि यिनीहरु ले त् यी बन्दुके हरु त वाह क्या बात भन्दै चर्पी तिर दौडने होलान हरे यिनी हरु को बुद्धि …… कुरा आयो किन गयको होला मलेसिया भन्ने , परचंडे भन्या हाल मा नेपाल को सबै भन्दा सफल दलाल हो मालिक ले बोलायो गयो . तेस मा यत्रो टाउको दुखाई किन चाहियो ह्या , दलाल को काम गर्ने हरु बेला बेला यसरि जानु पर्ने अवस्था हुन्छ होला …….
    मन परे हरियो, नपरे रातोः Thumb up 7 Thumb down 3
  • hridaya
    यहि माइ संसारमा टन्न कमेन्ट हरु आओस भनेर मलेसिया गएका होलान प्रचण्ड ! कि कसो ?
    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 1
  • mahesh gautam
    हाहा !! hongkong मा नेपाली धेरै भएर मलेशिया गको रे?? मलेशिया मा ५ लाख भन्दा बेसी नेपाली छन्,एउटा सामान्य सास फेर्ने मानिस को सहज बुद्दीको अपहेलना नगरौ न! अनि पचास करोर झोला मा खोस्मेरा हाले जस्तो गरेर लाउने हो र त्यो पनि अहिले को २१ सौ सताब्दी मा ! कहिले कहिले मान्छेले निकास निकाल्न को लागि आफु चलिरहेको परिस्थिति बाट आफुलाई पुरै अलग गरेर सोच्नु पर्छ! विदेश जादा बित्तिकै संका गर्ने मानसिकता नेपाल क पहिला मा कग्रेस्सी र एमाले क नेता हरुले माहाकाली गण्डक बेचेर पजेरो तन्त्र ल्येको उपज हो! अनि भारतीय संचार मध्यम ले एसको समाचार बनिसकेका छन्, Prachanda goes junketing amid Nepal crisis, times of india , भारतीयहरु प्रचण्डलाई कसरि हेर्चन भन्ने सबै नेपाली लै थाहा भएकै कुरा हो, र आन्तारास्त्रिया स्तर मा नेपालको छबि बिगार्नु मा भारतीय संचार माध्यम को ठुलो हात भएको घाम जस्तै छर्लंग छ ! कंग्रेस्सीहरु अजै पनि तेही भारत को इशारामा संक्रमण काल लम्बाउने र भारतलाई धमिलो पानि मा माछा मर्न दिन तम्सिरहेका छन्! ओली र माकुने गूटले १ बर्समा पछिल्लो तिन दसकमा भन्दा बडी बन फडानी गरेर, भारत निकासी गरे र भारतले नेपलवित्र अर्को buffer state बनाउन सहयोग गरिरहेका छन् yo गूट madhesh को name मा! tesaille yesto upanibesh बनाउन tamsiraheko bharaat र teska नेपाली dalaal हरु sanga ladna sampurna raastrabadi sakti ek hunu awasyak छ, chahey त्यो kangressma hos, chahe forum, or Rajabadi! नेपाली नेपाली ek hunu र baliyo hunu bhaneko तेही हैन र? NEpal rahe त नेपाली rahanchau!! tesaile प्रचण्ड ज्ञानेन्द्र लै bhetera नेपाल लै faida huncha bhane, malai kunai gunaso chaina!
    मन परे हरियो, नपरे रातोः Thumb up 6 Thumb down 1
  • रमेश पोखरेल दोहा - कतार
    कमेन्ट संकलन गर्न मात्र दिएको यस्तो समाचारले खासे महत्व पाउला जस्तो लाग्दैन /
    मन परे हरियो, नपरे रातोः Thumb up 12 Thumb down 4
  • Mohan Lal Dangol, Australia
    किन माईसन्सारले अरु समाचार पाएन र यस्तो अड्कल बाजी लगाएर बस्ने ? यस्तो हचुवाको भरमा समाचार नदिदा राम्रो हुन्थ्यो होला नि होइन र ?
    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 10 Thumb down 9
  • prahlad mishra
    सत्ता र पोइसा को स्वाद लिएसकेका प्रचण्ड कतै सुन्दरी को स्वाद लिन मलेशिया र सिंगापुर आएका त होइनन ? मलेशिया र सिंगापुर मा धेरै सुन्दरी हरु बजार मा गाई गोरु बिक्रि गरे जस्तै बिक्रि मा हुन्छन/
    प्रह्लाद मिश्र
    झापा हाल सिंगापुर
    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 13 Thumb down 11
    • झापा लि लाई केटी भन्दा अरु केही छैन है . देश को तेती ठुलो नेता पनि केटी को लागि मलेसिया जान्छन .
      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 11 Thumb down 8
  • Nilam
    गयो होलानी गर्लफ्रेन्ड भेट्न |
    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 14 Thumb down 8
  • Sunil, London
    खोइ साथि हरु हो सबै ले अनुमान लगाएपछि मैले पनि त लगाउनै पर्यो नि, Doctor गोपाल पौडेल ले मलेशिया मा मानार्थ डिग्री दिने समारोह को आयोजना गरेका छन् रे प्रचण्ड ज्यु लाई पनि doctor को उपाधि चाहियो रे क्या! बिजय गच्छेदार उप प्रधानमन्त्री ले doctor को उपाधि पाइसके भने प्रधान मन्त्रि समेत भैसकेका प्रचण्ड ज्यु पनि त यो मानार्थ डिग्री को हकदार हुनुहुन्छ ! पारस दाइ पनि उतै तिर उडेका छन् रे सायद उनलाई पनि doctor पारस हुन मन लाग्यो कि ?
    मन परे हरियो, नपरे रातोः Thumb up 7 Thumb down 5
  • ए साथी हो बिसुद्दा मन६ए भएर बच्न सिकौ अरुको कुरा काटेर होइन गल्ति अफ्हैमा खोजोउ काम नपाएका नेपाली हामी सबै अरुको देख्ने त होनी अफुता गर्न सके पो
    मन परे हरियो, नपरे रातोः Thumb up 5 Thumb down 1
  • madan bajracharya
    ” यति सम्बेदनशील कुरा मात्र अनुमानको भरमा………!!!!!/ अच्चम्म लाग्यो/
    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 7 Thumb down 13
    • राजु
      अनुमान नै गर्न नहुने त मदन जी? अब भन्न पनि प्रचण्ड ले तेसै गरि भने पछी…. अरु तपाईहरुलाइ के चाहियो भनेर… कति कुरा हरु अनुमान मै त छन् नि अझ नेपालमा… फेरी प्रचण्ड तेती सामान्य नागरिक पनि त होइनन नि कि पत्रकारले उनको बारेमा वास्ता नै नगरुन….
      मन परे हरियो, नपरे रातोः Thumb up 12 Thumb down 5
      • madan bajracharya
        राजु जी
        गर्ने ले गर्न पाउँछ/ अच्चम्म मान्ने ले अच्चम्म मान्न सक्छ/ किन भने यो कुरा मैले तपाईंले गरेको होयिन सालोक्य जीले गर्नु भएकोछ/ मित्र राजु जी, अदालतमा न्यायधिस र समाजमा पत्रकारको स्तर उस्तै उस्तै हुन्छ/ समाजमा यी दुई सम्मानित हस्तीहरुले मात्रै “होला” भन्दैन “हो बा होयिन” भन्छन/ अर्को सब्दमा सिधै भन्ने हो भने जसरि न्यायाधीशले बादी बा प्रतिबादिको तरफ बात बहस गर्न गर्न सक्दैन तेसरिनै पत्रकारले अनुमानको भरमा सम्बेदनशील कुरालाई समाचार बनाउन सक्दैन/ तर यो नेपाल हो अरु कुरा के भन्ने खै/
        मन परे हरियो, नपरे रातोः Thumb up 6 Thumb down 3
        • राजु
          हो तपाइले भनेको जति समबेदन शिल पत्रकार र वोकिल हुन्छन ठिकै हो….. तर येही मात्र कुरा मा तपाइले कुरा उठाएको भएर मात्र हो…. नत्र पहिला पनि उमेश जी ले अरु टपिक मा पनि यस्तो राय माग्ने खालको २/४ लेखेर तपाइहरु को अनुमान के होला भनेर रिडर्स लाइ भन्ने गरेको ले यो पनि तेती साटो समबेदन शिल हो भनेर लागेन…. तपाईलाई कसरि यस्तो कुरा मा सम्बेदनशील लग्यो मलाइ थाहा भयान किन भने यहाँ यो भन्दा धेरै समबेदन शिल कुरा/घटना हरु भएका छन्….
          मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 3
        • sanu
          मदनजी..
          पहिलानि कांग्रेस, एमाले नेता भारत जादा यहाँ येस्ता लेख प्रकासित भएकै हुन्…राजा धार्मिक कार्यक्रममा जादा के रहस्यहोला भनेर लेख आएकै हुन्….पारस बाहिर हिडता त् २-४ साता पहिले मात्रै आकोथ्यो क्यारे..ति सबै कुरामा कहिले तपाईलाइ अनुमान लगाएको कुराले पिरोलेना.. अहिले प्रचण्ड तिर कुरो आउदा मात्रै…
          तपाईको तर्कहरुको म सम्मान गर्छु…बिबिध बिषयमा तपाईका कमेन्ट ज्ञान बर्धक र रस्त्रियाताले भरिएका हुन्छन तर कहिले कहिले यस्तो कुरामा भने एकलौटी माओवादी भएर मात्रै सोचीदिनु हुन्छ …आज यही समाचार के पी वा माकुने वा देउबा बारे आको भए तपाई यहि प्रतिक्रिया दिनु हुन्थ्यो..?? मुटुमा हात राखेर साचो भन्नुस त् मदनजी..??
          मन परे हरियो, नपरे रातोः Thumb up 8 Thumb down 5
  • Nirmal
    अब त प्रचण्ड toilet गए भने पनि किन गयो भनेर अखबार ले अड्कल काट्न मात्र बाकी छ/
    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 9 Thumb down 14
  • Ramesh
    होला नि कुनै शक्तिशाली ब्यक्त्तित्व संग सरसल्लाह लिनलाई मलेशिया पुगे होलान प्रचण्ड . राम्रो गरेछन प्रचण्ड ले ये मिडिया हरु लै किन बताउनु परो….
    मन परे हरियो, नपरे रातोः Thumb up 11 Thumb down 6
  • ए राता मकै, यो देश विदेशीले चलायको छ भन्थे, हो नै रहेछ
    जुन जोगी आयानी कुन्नि के भन्थे
    प्रचण्ड त पक्कै पैसा लिन नै गयको होला, चिनियाँ नभय अरुनै कोहि सहि
    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 11 Thumb down 8
  • satyadoot
    प्रचण्ड अब भारत संग “सुरुंग युद्ध” गर्न मलेसिया गएका | मलेसिया बाट सुरुंग सुरु गरेर ठ्याक्कै दिल्लीमा निस्किने रे |
    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 19 Thumb down 6
    • sanu
      सत्यदूतजी..
      दरिलो कमेन्ट..सारै हसाउनु भो…कुनै जमानामा भारत बिरुद्ध सुरंग युद्ध गर्छु भन्दै जनताका छोरा छोरी लाइ बन्दुक बोकाएर लडाउने प्रचण्डले होटल Radisson मा raw को एजेन्टसंग हात मिलाउदै गरेको फोटो छापामा प्रकासित भए पछी र आफ्नो सरकार हुदा मनमोहन सिंह लाई प्रचण्डले अफ्ठ्यरै लाग्ने गरि अङ्कमाल गरेको फोटो देख्दा तथाकथित् “जनयुद्ध” र “क्रान्ति”को वास्तविकता माथि हासो लाग्छ र नेपाली दुर्भाग्य माथि रुन मन …
      मन परे हरियो, नपरे रातोः Thumb up 8 Thumb down 3
  • Rabi Thapa LONDON
    अब फर्केर नेपाल नजानु malasiya मा काम गरेर बस्नु /
    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 17 Thumb down 5
  • Samar Singh
    प्रचण्ड र उनको पार्टी सधै रहस्यमय छ … सायद उनकै पार्टीका कम्रदेलाई पनि थाहा हुदैन … पार्टी भित्रै बिस्वासको सङ्कट छ (अरु पार्टीमा पनि येस्तई नै हो )…. उनिहरु नेपालमा के गर्न चाहन्छन भन्ने कुरा पनि क्लीयेर छैन … कहिले लोकतन्त्र ,कहिले जनबादी एकदलीय ब्यबस्ता, कहिले संस्कृतिक राजसंस्था , कहिले मण्डले रास्त्रियता , कहिले के कहिले के एकदमै अस्थिर आदि … तेसैले यो कुनै नौलो कुरा जस्तो लागेन … करनी र कुरामै तालमेल छैन हाम्रा बरिस्ठ नेताहरु को … जे बहानामा भएपनि नेता गणहरु सपरिवार विदेश सयरको आनन्द उठाउदै छन् … हामी जनताको लागि कसले वास्ता गर्छ र !!!
    मन परे हरियो, नपरे रातोः Thumb up 12 Thumb down 2
  • अरुको चियो चर्चा गर्ने नेपालीको नराम्रो बानी |
    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 7 Thumb down 17
  • samir Joshi
    अरु १ पटक हार्दा हरुवा हरुवा भनिहिड्ने आज आफु ८/८ पटक हार्दा लाजले मुख लुकाउन र आफु प्रधानमन्त्रि हुदा अनि ससस्त्र युद्ध गर्दाखेरी दुनियाको रगत र पसिनाको कमाई लुटेको धन लुकाऊन वा देस बर्बाद गर्ने सढ़येन्त्र बुन्नको लागि त गएको होला नि / कि कसो हैन र कमरेड
    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 27 Thumb down 12
  • Dpak
    सातौ चोटी पराजयको पिडा पखाल्न पानिपोखरी (मने समुन्द्रमा) मुन्टेको हुनुपर्छ हाम्रो जुंगे सोल्टा|
    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 34 Thumb down 8
  • Deepak Thapa
    माओवादी खओबदी कांग्रेस एमाले र अरु नेपाली नेताले केही गर्न सकेनन साथी हो हामी नै केहै गर्ने कि ।।।।।दस बर्ष देउ मलाई देस चलाऊन,आउछ मलाई कसरी हो सुन फलाउन,उठ जग नेपाली हो ढीला भैइसक्यो,नेता अनी बिदेशीले देस खाएसके….
    मन परे हरियो, नपरे रातोः Thumb up 7 Thumb down 5
  • mani
    चिनियाँ लाई भेट्न गएको, पहिले होंग कोंग मा भेटेको होला यहाँ लोकल नेपाली हरु धेरै भएको ले , मलेसिया गएको हुनुपर्छ . कुर्सि को लागि आफ्नो देश नै बेच्न खोज्ने हरु को के कुरा , हाम्रो देशका नेताहरु र CALL GIRL बेश्या हरु उस्तै उस्तै लाग्छ ,
    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 21 Thumb down 7
  • रबिन्द्र राज गिरी
    मात्र एउटा माओबादीको हेर्न बाँकी थियो, त्यो पनि हेरिईसकियो | जुन जोगी आए पनि कानै चिरेका हुन् | सबैलाई त्यहि प्रधानमन्त्रिको कुर्सि मात्र भए पुग्छ | कुर्सि पाए बिदेशी राम्रा, नपाए नराम्रा | बिदेशीको ईशारामा चलेर मातृभूमि लाई बर्बाद गर्ने यी नेताका खोल ओडेका कुपुत्र जन्तुहरुको मात्र सधैं कुरा गरेर किन बेकारमा बहुमूल्य समय, दिमाग र शक्ति खेर फालिरहेकाछौँ हामीले ? ठण्डा दिमागले यो पो सोच्ने हो कि ?
    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 22 Thumb down 8
  • shanker
    सभासद किन्ने पैसा लिन गएको महरा पनि संगै छ…..
    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 28 Thumb down 5
  • लोचन
    बाख्रा को पुचार काटो बोका लाई सगिलो, मन्त्रि हुन नपाए र रना भएर या अरु कारणले गको, माईसंसार का सोल्टीहरु ले राम्रो कमेन्ट गर्ने जब पाए (तेस्मा म पनि पर्छु है)
    मन परे हरियो, नपरे रातोः Thumb up 8 Thumb down 3
  • द्रोण
    पारस ,ज्ञानेन्द्र सग बार्ता गर्न गएका हैनन् , नेपाल मै सजिले भेट्न सक्ने व्यक्ति लाइ
    भेट्न गएको भन्ने चै हैन होला ,सम्भाबना मध्ये
    १) पार्टी को आर्थिक कारोबार ,राजनैतिक हिसाब किताब |
    २) इस्ट मित्र भेत्गाट,कुनै कम्निस्ट संगठन को निम्ता
    ३) बलियो सम्भावना चै तपाइले भन्नु भए झैँ चिनिया भेत्गाट,त्यहिँ पनि यहि दुताबास मै कुरा हुन् सक्छ बा कुनै रिसोर्ट बा होटल मा भेट्न सक्छन |
    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 16 Thumb down 10
    • madan bajracharya
      द्रोण जी
      अत्यन्त भद्रता पुर्बक “अनुमानित्” कुराको खण्डन गर्नु भयो/ धन्यबाद/
      मन परे हरियो, नपरे रातोः Thumb up 6 Thumb down 4
    • Bal Bahadur
      १) पार्टी को आर्थिक कारोबार ,राजनैतिक हिसाब किताब | चाहि नेपालमा हुन सक्दैन . कि क्यालकुलेटर मलेसियामा मात्र छ हौ सर .
      २) इस्ट मित्र भेत्गाट,कुनै कम्निस्ट संगठन को निम्ता – कस्तो खाले इष्टमित्र परेछा गोप्य राख्नु पर्ने . सायद त्यो एसिया खै के भन्ने स*स्था कम्युनिष्ट स*गठन हुन सक्छा .
      तर हजुरले भनेको स*म्भाबना हरु नेपाल मै गरे हुदैन थ्यो र ? पहिला पनि गिरिजालाई भेट्न सी*गापुर नागाको भनेर भन्न सकिने अबस्था पनि होइन .
      मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 1
    • Samir Sanjel
      Desperately, waiting for the comment of “Miss Sheela” on this regard, as I always gets astonished by reading her thoughts as a “Blind Supporter” of Maoist.
      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0
  • tirtha
    नेपालमा कोहि संग भेटे media ले थाहा पाउछ | तेसैले बाहिर गएको हो |
    यो परम्परा अहिलेको होइन ,थाईल्याण्डमा सामसद किनबेचको deal भएको नै थियो , ओली ,गिर्जा हरु देल्हीमा जेने गर्थे , तेसैले यो नौलो कुरा होइन तर कुरा के भने नेपालको हित बिपरित काम र deal नहोस तेती हो |
    मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 0
  • sanu
    सायद पैसा (५० करोड ) लिन गएका हुन् कि….? के पी ओली , माधव , देउबाहरु विदेश जादा देशनै बेच्न हिडेको कमेन्ट गर्ने पुष्पजी , मदनजी , लुनाजीहरुले यो लुका छिपी यात्रा बारे केहि प्रकाश पार्नु हुन्छ कि…?
    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 27 Thumb down 13
    • पुष्प
      सानुजी,
      ओली, नेपालहरू भारत जानैपर्दैन । उनीहरू त यतैबाट भारतभक्तिमा मग्न छन्, र दत्तचित्तले लागिपरेका छन् । यो कुरा कसैबाट छिपेको छैन । जहाँसम्म प्रचण्डको भ्रमणको कुरा छ, थाहा नभएको विषयमा उमेशजीले लगाउनुभएको जस्तै अनुमान लगाउने त हो । तर एउटा कुरा अचम्मको छ, माओवादीका भए नभएका गतिविधिहरू ‘पर्दाफाश’ गर्ने नेपाली मिडियामात्र होइन भारतीय मिडियालाई समेत यस कुराको सुइँको छैन । साँच्चै थाहै नभएको हो त ?
      मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 5
  • Sraj
    यदि देश ले निकाश पाऊछभने,
    १. पारस लाई भेटेकै सहि, तर राजतन्त्र स्वीकार्य छैन
    २. चिनिया लाई भेटेकै सहि, आखिर नकली डाक्टर के पी ओली ले भारतीय लाई भेटेर देश लाई अस्थिर बनायाकै छ
    ३. चिनिया संग अरु पैसा लियकै सही, आखिर गच्छेदार ले भारत को पैसा खायर पार्टी फुटयाकोनै हो
    ४. प्रचण्ड रहश्यमय भयकै ठिक्क एदी नया नेपाल बन्छ भने
    ५. सम्पूर्ण राजाबादी लाई पार्टी पर्बेश गरायकै ठिक यदि नेपाल भारतीय हरु को छाया बाट मुक्त हुन्छ भने
    के पी ओली ले महाकाली बेच्दा नेपाल स्वोर्ग हुन्छ भनेका होइनन खोइ त देश को हालत कहाँ पुग्यो | मदन भण्डारी जस्ता देश भक्त नेता मार्ने काम पनि भारतीय हरु को डिजाइन मा इ ढाट तथा छलकपट गर्ने के पी ओली ले नै गरेको हुनुपर्छ | हेर्नुस त श्रीमती भण्डारी (विद्या ) संग ओली जी को कस्तो सम्बन्ध छ | हामी देखने लाई पनि लाज लाग्छ | येस्ता पनि नेता हुन्छन |
    सक्ने लाई २० वर्ष चाईदैन ७/८ वर्ष काफी हुन्छ छेमता देखौन | अब इ पुराना नेताको भर नपारौ इनले केही गर्न सक्दैनन् | नत्र भने हाम्रो समय र देश बर्बाद हुन्छ | नया नेता का कुरा सुनौ यदि तिनले पनि केही गर्न नसके अरुलाई छानौला | कतै सही को पहिचान गर्न नसकी हामीले पनि गल्ति त गरेका छैनौ तर एसको मतलब हामी अन्ध भक्त भयर कसैका पछाडी लाग्नुपर्छ भनेको होइन|
    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 54 Thumb down 27
  • mahesh cumar
    चीन बात पाएको ५० करोड़ सहयोग रकम लुकौन गएको हो नि साथीहरु !!!!
    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 20 Thumb down 23
  • उमेश जी एस्तो खाले अनुमानित समाचार लेखेर के समय बर्बाद गर्नुहुन्छ यार? माओबादी त हामि जनताको मुक्तिका लागि लडी रहेको पार्टी हो यार. जनतालाई भड्काउने समाचार नलेखेकै राम्रो होला हौ .
    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 32 Thumb down 71
  • krishana
    हैन हो यस्तो कुरा मा चासो लिनु त त्यति राम्रो त हैन तर पनि ,,,अब नेपाल मा जति चोटी चुनाब लडे पनि देस खान नसक्ने भयपछी लागे का होलान नि मलेसिया तिर यसो सुँगुर काट्ने काम पाइन्छ कि भनेर ,,,हैन भने दुख गरेर बसी रहेका नेपाली हरु भडकाउन गयको होला भडुवा अरु के होलार ?यिनी हरु को कुरा कसले सुन्छ र हो बिदेस मा नेपाल मै त यिनी लाई फासी दिने बेला भैसक्यो अनि,,,,,,
    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 29 Thumb down 12
  • LAXMAN
    महोदय,
    खै के को आधार ले सम्बोधन गरु ? पत्रकार, रचनाकार, उपन्यासकार, मारुतीकार, आदि आदि / माई संसार आज लाखौ नेपाली हरुको धुकधुकी जस्तै बनेको छ/ तर आजकल एसको साख गिर्दै गयको मा दुख लाग्छ/ सालोक्य जस्तो पत्रकार ले एस्तो लेख लेख्नुहुन्छ जस्तो लागेको थियन/ तपाइले बरु पाठक हरुलाई ? गरेको भय हुन्थ्यो ” किन प्रचण्ड गए मलेसिया” भनेर … तर पत्रकार ले नै पुस्टि नभयको कुरा लाई येसो गर्न होला, उसो गर्न होला भनेर किन अप्रमाणित आरोप लगाउनु परयो ? तपाई हरु ले पनि एस्तो उस्तो मनगढ़ंते कुरा गर्दा नेपाली जनता मा कस्तो म्यासेज जानछा ? तपाई हरु ले लेखेको एक एक शब्द मा मिनिंग हुन्छ , कृपया कुनै पनि आर्टिकल लेख्दा ध्यान पुर्याएर लेखन अनुरोध गर्दछु किनकि माई संसार को शुभ चिन्तक हरु १०० जना मात्र नभई लाखौ छन् .. Wish you all the best…
    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 21 Thumb down 45
  • shristi shah
    बिचरा प्रचण्ड पनि त एक मानव हुन् उनको पनि मन छ तपाई आफुलाई उनको ठाउमा राखेर सोच्नुस त एकपल्ट आठ पल्ट सम्म प्रधान मन्त्रीको उमेद्द्वारिमा हार्दा त्यो मन कस्तो भाको होला हामीलाई एक खुट्किलो उक्लने स्कुल को जाच मा फेल हुदा त कसै कसैले आत्मा हत्या गर्ने गर्छन भने नौ महिना सम्म बसेको कुर्ची र बिदेशी अनुदान ले भएपनि भरिएको ढुकुटी झल् झल् देख्दा कस्तो भाको होला उनलाई अब केहि शिप नलागेर लाज मर्नु भएर उमेद्वारिनै फिर्ता लिनु पर्र्यो अब डाडु को पानी मा डुबेर मर्न नसकेर येसो मलेसियाको समुन्द्रको हावा खाएर मन चिसो पर्न गएका होलान भन्छु है मा त बेकार मा किन दश थरि संका गर्नु जति शंका गरे पनी गिगार्नु बिगारिसके देश अब त कुनै जाल सचि गरेर संकास्पद काम गरेर यी नेताहरुले बिगार्ने कुरो नै के बाकी छ हाम्रो देश मा मित्र हो??????
    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 25 Thumb down 12
  • Bardan
    अबस्य पनि केहि कुरा त होला, नत्र प्रचन्द्र आफै किन जान्थे ? अनि अर्को कुरा तपाई हरु लाई के को टाउको दुख्यो ? आजको लोकतन्त्र को जमानामा जो कोहि लाई पनि स्वोतन्त्र रुपमा काम गर्न मिल्छ नि हैन ? कि मिल्दैन ? मिल्छ भने तपाई हरु किन यसरि प्रचन्द्र को बिरोध मा हुनु हुन्छ ?
    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 17 Thumb down 33
    • HIMALEE
      बरदान जी
      “लोकतन्त्र को जमानामा जो कोहि लाई पनि स्वोतन्त्र रुपमा काम गर्न मिल्छ” तपाइको यो लाइनसंग सहमत छु /
      तर
      त्येही लोकतन्त्रको जमानामा पत्रकार बन्धुहरुले खोज-खबर गर्नु चाही नमिल्ने रहेछ ?
      जे होस् बरदानजीको ” जोक ” राम्रो लाग्यो /
      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 21 Thumb down 1
  • Shrestha , L
    यो धेरै संकास्पद कुरो भयो . नेता हरु को यस्तो क्रियाकलाप ले गर्दा नै देशबसी हरु को विश्वास नेता हरु प्रति नकारात्मक हुदै गैरहेछ. यसमा जनता हरु को दोष छैन . अगुवा हरु नै बाटो हगुवा भने जस्तो भयो नि होइन र? कि कसो?
    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 21 Thumb down 18
  • Sheetal
    ५० करोड लिन गएका हुन् |
    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 46 Thumb down 29
  • sushil sharma
    होला नि कुनै शक्तिशाली ब्यक्त्तित्व संग सरसल्लाह लिनलाई मलेशिया पुगे होलान प्रचण्ड जी /धेरै सोज खोज गरेकोले नै होला तपाई हरुलाई किन चाहियो भनेर भनेको होला/यसको चलखेल त पछी बजार मा आई हाल्छ /यतिका फुर्सदि मान्छे हरु संसार मा छन् तिनले लेरायी हल्छां प्रचण्ड जी को मलेसिया भ्रमण को रहस्य चाहिन्छा धैर्यता/
    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 13 Thumb down 9
  • sagar dhakal
    के ब्लग चलाउने यहि तरिका हो? देश को प्रगति को लागि, जनतको सकारात्मक सोंच र उच्च बिचारको लागि केहि पयियेन लेख्न ?
    यस्ता वाहियात लेख्नु भनेको जनता भड्काउनु का सिवा केहि हैन…
    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 49 Thumb down 88
    • himalee
      माओबादीको सरकार बनेमा ” मेडिया सेन्सर बोर्डको कार्यकारी अध्यक्ष्य” हुने सम्भावना यहाँको धेरै छ /
      लौ बधाई छ ढकाल जी /
      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 46 Thumb down 10
  • rajan
    Is Nepali media including mysansar’s job is to spy on maoist only?? you guys never give any attention to other parties.such as when oli is out to america.my sansar have not wrote about him ie.when sood meets NC. no any coverage why only after maoist?
    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 18 Thumb down 60
    • himalee
      राजनजी
      हिजो मात्र माकुनेले आइसक्रिम खादै गरेको तस्बिर सहितको खबर पनि माओबादी बिरुद्दको जासुसी कार्यमा नै पर्छ कि ?
      कि माओबादीको गुण-गान गएको भजन भन्दा अरु कुरो पढ्ने बानि छैन ?
      नत्र भने त् यो ब्लगमा सबैको आलोचनतात्मक लेखहरु पढ्नु पाई राखेको नै जस्तो लाग्छ / होइन माओबादीको गुण-गान बाहेक अरु खबर लेख रचना चाही लेख नै होइन भन्नु हुन्छ भने,,,,,,,,,,,,,,,,,,,,,,,,,
      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 50 Thumb down 6
      • sanu
        हिमालीजी..
        यी माओ भक्तको भर हुन्न…अलि धेरै बिरुद्धमा लेख्यो भने औला चिरेर फाल्न बेर लौदैनन ..पत्रकार टिका बिस्टलाइ झैँ…अझ हसाउने कुरो पुष्प भनेर कमेन्ट गर्ने एकजना महोदयले त झन् “टिका बिस्टले आफ्नै औला चिरेर आफैलाई फालेको नाटक गरेको हो” भनेर मलाई कमेन्ट गरे…साच्चै लेखेको कि जिस्केको भनेर मात्रै ३ चोटी पढे होला मैले त्यो प्रतिक्रिया…LOL
        मन परे हरियो, नपरे रातोः Thumb up 6 Thumb down 1
        • HIMALEE
          सानुजी,
          हो
          कोहि कोहि त यो ब्लगमा प्रचन्डले भैसी पुजागर्दा पनि कामरेडले
          ” जनबादी-क्रान्तिकारी कदम चाल्नु भयो ” भन्न रुचाउनेहरु पनि छन् /
          मन परे हरियो, नपरे रातोः Thumb up 7 Thumb down 1
  • Gyan
    राजतन्त्रको “र” संबिधान सभाको “स” उच्चारण गर्न नचाहने यी दलहरुले यत्रो दिन सम्म देशलाई बन्धक बनाएर बार्गेनिंग गरिरहेका छन् / नेपालको अस्तित्वो बचाउने हो भने सबै भन्दा ठुलो दलले मात्र सक्छ / अरु पार्टीहरु भारतको गुलामी गर्दैमा फुर्सत छैन / यी आर्यघाटमा जान घिती घिती गरिरहेका दलहरु जति सुकै उफ्रे पनि मुसाले बिरालोको घांटीमा घन्टी जुन्द्याउन सक्दैन / देशमा सरकार र संबिधान बनाउन नदिने सबै अराष्ट्रियतत्व हुन् /
    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 12 Thumb down 27
  • ganesh limbu
    पक्कै पनि महराको फोन काण्डको निरन्तरता हुनुपर्छ I फोन बार्तामा ठाउको छनौट, संग मेल खानु र मलेसियामा महरा र प्रचण्डको प्रतिक्रियाले अबस्य आम नेपालीमा ठुलो शंका राख्ने ठाउँ दिऐको छ I प्रधानमन्त्री भैसकेको प्रचण्ड माओबादीको नेता मात्रै होइन कि आम नेपाली जनताको आशाको केन्द्रबिन्दु यानेकि जिम्मेवार हुनुपर्छ I राष्ट्रिय नेताहरु संसारको जुन भूगोलमा रहेपनि आम जनताहरुलाई गुमराहमा पर्नु हुन्न जस्तो लाग्छ I यदि देशको र जनताको खातिर नै बैठक भयको हो भने I
    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 50 Thumb down 18

Leave a Reply

 
 
 
Enable Google Transliteration.(To type in English, press Ctrl+g)



Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes
Send Gift to Nepal in Dashain
tringtel