बासु श्रेष्ठ, उडब्रिज, भर्जिनीया
नेपालको साहित्यिक तथा सांगीतिक क्षेत्रमा अहिले केही दुर्व्यसन बढेको पाइएको छ। यो दुर्व्यसन लागु पदार्थको दुर्व्यसन नभई मान सम्मान तथा पुरस्कारको दुर्व्यसन हो। र यसमा एक सर्जक भनाउँदा साहित्यकारहरु तथा दोश्रो तिनलाई सम्मानको खादा ओढाउँदै हिँडने केहि सँस्थाहरु पर्छन्। स्वप्रचार तथा प्रसारमुखी यी दुबैथरि आफ्नो नाम कसरी सँचार माध्यममा ल्याउने हो, आफ्नो बारेमा कसरी हौवा फैलाउने हो भन्ने कुरामा दत्तचित्त रहेका हुन्छन्। जसले गर्दा वास्तविक र सहि अनि निस्वार्थ काम गर्ने व्यक्ति तथा सँस्थामा समेत आँच पुर्याएको हुन्छ।
आज बिहान एक साहित्यकार मित्रसंग टेलिफोनमा धेरै पछि कुराकानी भयो। फोनको हेल्लो नसुन्दै तिनको भर्खर प्रकाशित पुस्तकको नाम लिँदै कतै पुरस्कारको लागि समावेश गरिदिन अनुरोध गरे। न त म कुनै पुरस्कार दिने प्रशिद्ध साहित्यिक संस्थासंग आबद्ध छु न त्यस्तो प्रभावशाली कुनै व्यक्ति चिनेको छुँ। साहित्यिक गतिविधिमा केहि सक्रियता रहेको चाहिं हो। तर जे सुकै कारणले भए पनि तिनले पुरस्कारको लोभ गरेकोमा म छक्क परें। पुरस्कारकोलागी मूल्याँकन त पाठक तथा सँस्थाहरुले गर्ने हो र उचित ठहरे पुरस्कृत गर्ने हो। तर आफैले पुरस्कार खोज्दै हिँड्नुको लालसा भने लज्जाजनक नै हो। Continue reading नक्कली मान, सम्मान, पुरस्कार र विद्यावारिधि